दफा ५८
डाँक रोक्का गरेमा वा खोलेमा वा डाँक थैला भिजाएमा वा हस्तान्तरण गर्न ढिलासुस्ती गरेमा सजाय
: कुनै व्यक्तिले यो ऐन वा नेपाल सरकारको आदेश वा अधिकार प्राप्त अधिकारी वा अदालतको आदेश बमोजिम बाहेक हुलाकबाट चलान गर्दाको अवस्थामा कुनै डाँक थैला वा हुलाक वस्तु निर्दिष्ट स्थानमा नपुग्दै कुनै बहानाले बीचमा रोकेमा वा खोलेमा वा डाँक थैला भिजाएमा वा डाँक वा हुलाक वस्तु हस्तान्तरण गर्ने काममा खटिएका कर्मचारीलाई सो गर्नमा बाधा विरोध गरेमा निजलाई तीन महीनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।